Kirtipur, Kathmandu, Nepal
हाम्रो मुलुक संस्कृति र सम्पदाका दृष्टिले विश्वमा नै अति सम्पन्न भए पनि यस क्षेत्रमा प्राज्ञिक कामको अझै पनि खाँचो छ । यसको समुुचित अध्ययन र अनुसन्धानबाट मात्र हाम्रो पहिचान स्पष्ट हुनाका साथै आर्थिक विकासको आधारशिला पनि यसैबाट तयार हुने गर्दछ । त्रि.वि. को संस्कृति केन्द्रीय विभागले मूर्त र अमूर्त दुवै प्रकारको संस्कृति र सम्पदाको उच्चस्तरिय अध्ययन र अध्यापन गराउनुका साथै अनुसन्धानको कार्यलाई पनि अनिवार्य गराएकाले यस विभागबाट राष्ट्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन हुँदै आएको छ । देशलाई आवश्यक पुरातत्वविद्, संस्कृतिविद्, लिपिविद्, मुद्राशास्त्री, संग्रहालयविद् र सम्पदाविद् उत्पादन गर्ने एउटामात्र विभाग यही हो । यस्ता विविध विषयवस्तुको पठनपाठन र अध्ययन अनुसन्धान गर्ने गराउने यस विभागले दिने शिक्षा व्यवहारिक, रोजगारमुलक र समयसापेक्ष भएकाले यस विषयमा अध्ययन अनुसन्धान गर्न सम्बद्ध सवैलाई आह्वान गरिन्छ ।
The prosperous culture and heritages of our country are globally renowned and there is a dire need for academic ventures and research in this field. Systematic studies and research of these grand cultures and heritages of our country not only strengthen our identity but also help prepare a basis for the nation’s economic development. The Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University provides a high-quality teaching and learning environment along with mandatory participation of students in new and innovative research. The department has been a key body to produce skilled and proficient human resources needed for the nation. As the courses and researches that we offer in culture, heritage, archaeology, museology and tourism are relevant to time and employability, we heartily welcome all aspiring and interested students to join us in academic programs.