Kirtipur, Kathmandu, Nepal
विश्वविद्यालय र समुदाय समन्वय कार्यक्रम अन्तर्गत नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग त्रिवि र चन्द्रागिरि नपा को सहकार्यमा २०८०। ०९।१३ का दिन चन्द्रागिरी हिलमा सम्पन्न गरेको चन्द्रागिरि नगर क्षेत्रका सम्पदा तथा पर्यटनसम्बन्धी अन्तरकृया कार्यक्रमको प्रतिवेदन आज यस नपाका मेयरज्यूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । चन्द्रागिरि नपाका प्रमुख श्री घनश्याम गिरी र नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गी का साथमा यस कार्यक्रममा नगरका सामाजिक शाखा प्रमुख तथा संस्कृति विषयका दर्शनाचार्य तथा विद्यावारिधिका शोधार्थी सागर श्रेष्ठ र अच्यूत सिग्देलको समेत उपस्थिति रह्यो। यस अवशरमा चन्द्रागिरी भेगका केही क्षेत्रमा पुरातात्विक अन्वेषण तथा अध्ययन गर्ने वारे पनि छलफल भएको छ। प्रतिवेदनमा उल्लेख गरिएका चन्द्रागिरिको पर्यटन र सम्पदा विकासका लागि संस्कृति विभागले तयार पारेको भिजनबारे पनि छलफल भयो। त्यसमा दुइवटा संग्रहालय ( एक प्राकृतिक र अर्को सांस्कृतिक) स्थापना गर्ने लगायतका योजना रहेका छन्। अन्तमा चन्द्रागिरि न पा र त्रिवि संस्कृति केन्द्रीय विभागका विचमा सहकार्य गर्दै जाने सहमति भएको छ।