Kirtipur, Kathmandu, Nepal
सम्पदाका कार्यक्रम सम्पदा क्षेत्रमा नैः काठमाडाैं महानगरपालिका र त्रिवि नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकाे सहकार्यमा काठमाडाैंका सम्पदा र संस्कृतिसम्बन्धी दुइ दिने अन्तरकृया कार्यक्रम भएकाे छ ।
मिति २०८०।११।११ का दिन बमविकटेश्वर मन्दिर टेकु सम्पदा क्षेत्रमा सम्पन्न भयाे । विभागीय प्रमुख प्रा.डा. साेमप्रसाद खतिवडाकाे अध्यक्षता तथा प्रा.डा. वीणा पाैडेलकाे प्रमुख अ।तिथ्यमा भएकाे यस कार्यक्रममा प्रा.डा. प्रेमकुमार खत्री र काठमाडाैं मनपाकी श्री सृजु प्रधान लगायतले मन्तव्य राख्नु भयाे । कार्यक्रममा सम्पदासम्बन्धी पाँचवटा कार्यपत्र प्रस्तुत हुनुका साथै तिनीहरूमाथि छलफल समेत भयाे । कार्यक्रमकाे दाेस्राे सत्रमा भने हेरिटेज यात्रा भयाे । कार्यकक्रममा संस्कृति विभागका वरिष्ठ प्राध्यापकहरू, विभागमा कार्यरत प्राध्यापकहरू, कर्मचारीहरू र एम् ए प्रथम सेमेस्टरदेखि एम् फिल् पिएच् डी तेस्राे सेमेस्टरसम्मका विद्यार्थीर्हरू, गुठीका पदाधिकारी र काठमाडाैं मनपाका पदाधिकारीकाे उपस्थित रह्याे ।
दाेस्राे दिन मिति २०८०।११।१२ गते हाँडीगाउँ भेगमा भएकाे कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुति भए, जसमा संस्कृति विभागका तर्फबाट डा. तीना मानन्धर, डा. पशुपति नेउपाने र अ।सुताेष प्रधानका कार्यपत्र थिए । कामनपाका तर्फबाट भने पदमसुन्दर जाेसीले प्रस्तुति गर्नु भयाे । अन्तमा प्रमाणपत्र वितरण र सम्पदा यात्रा गरी कार्यक्रम सम्पन्न भयाे ।
