Kirtipur, Kathmandu, Nepal
मिति २०८१।०१।२५ का दिन ख्वप इन्जिनियरिंग कलेज, भक्तपुरमा भक्तपुर नगरपालिकासँगकाे सहकार्यमा त्रि.वि. नेपाली ईतिहास, सँस्कृति तथा पुरातत्व केन्द्रीय विभागकाे भक्तपुर नगर क्षेत्रका साँस्कृतिक सम्पदा र पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेकाे प्रमुख आतिथ्य, मेयर सुनिल प्रजापतिकाे सभापतित्व र त्रि.वि.का पूर्व रजिष्ट्रार प्रा.डा. पेशल दाहालकाे विशिष्ट आतिथ्यमा सम्पन्न भयाे । प्रा.डा. प्रेमकुमार खत्री, प्रा.डा. धनवहादुर कुँवर, प्रा.डा. कमला दाहाल, प्रा.डा. पुरूषाेत्तमलाेचन श्रेष्ठ र डा. कविता श्रेष्ठकाे आतिथ्य तथा यस केन्द्रीय विभागका प्राध्यापक र कर्मचारीहरू तथा स्नातकाेत्तर, दर्शनाचार्य र विद्यावारिधी तहका शाेधार्थीहरूकाे उपस्थितिमा भएकाे यस कार्यक्रममा विभागका तीनै तहका शाेधार्थीले भक्तपुरका सम्पदा र पर्यटनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नगरपालिकाकाे तर्फबाट भक्तपुरका उपमेयर, प्रदेश सभाका सांसद, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, नगरसभाका सदस्यहरू, ख्वप इन्जिनियरिंग कलेजका प्राध्यापकहरू लगायत स्थानीयकाे समेत उपस्थिति रह्याे ।
यस केन्द्रीय विभागका शाेधार्थीहरूकाे क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएकाे यस कार्यक्रममा भक्तपुर नपाले संस्कृति विषयमा सवै तहमा अध्ययन गर्ने विद्यार्थी तथा शाेधार्थीहरूलाइ पूर्ण छात्रबृत्ति दिने निर्णय गरेकाे छ । साथै त्रिवि र नपाकाे अ।गामी दिनमा सम्पदा, संस्कृति र पर्यटनकाे क्षेत्रमा सहकार्य गर्ने वातावरण पनि बनेकाे छ ।
On May 7, 2024, an impactful collaboration blossomed between Bhaktapur Municipality and the Central Department of Nepali History, Culture, and Archaeology at Tribhuvan University. This collaboration was marked by the "Interaction Program on Cultural Heritage and Tourism of Bhaktapur Municipality," held at Khwopa Engineering College, Bhaktapur. Mr. Narayanman Vijukchhe, President of NWPP, and Dr. Peshal Dahal, former Registrar of Tribhuvan University, honored the event, with Mr. Sunil Prajapati, Mayor of Bhaktapur Municipality, presiding over the proceedings.
The program was attended by distinguished figures including Professor Prem Kumar Khatri, Professor Dhan Bahadur Kunwar, Professor Kamala Dahal, Professor Purushottam Lochan Shrestha, and Dr. Kavita Shrestha, along with faculty members and staff from this central department.
The program featured presentations from students at various academic levels on Bhaktapur's cultural heritage and tourism. Additionally, representatives from Bhaktapur Municipality, including the Deputy Mayor, Provincial Assembly members, administrative officers, ward chairpersons, municipal council members, and Khwopa Engineering College professors, participated.
The primary aim was to boost the competencies of students from the central department, with plans to provide full scholarships for those dedicated to studying culture comprehensively. Furthermore, the event fostered a collaborative atmosphere between Tribhuvan University and Bhaktapur Municipality, aiming to enrich heritage, culture, and tourism domains.

