Kirtipur, Kathmandu, Nepal
गुल्मी जिल्ला रेसुङ्गा नगरपालिकासँगको सहकार्य सम्बन्धी छलफल सम्पन्न ।
त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग, स्थानीय निकायहरूसँग जोडिएर सांस्कृतिक अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाउने र नवीन ज्ञानको खोजी गर्ने कार्य अघि बढाउन सक्रिय रहेको छ । यस क्रममा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा त्यस क्षेत्रका सांस्कृतिक सम्पदाहरूको अध्ययन अनुसन्धान गर्ने र रुरु क्षेत्र गाउँपालिकासँगको सहकार्यमा उक्त क्षेत्रका सांस्कृतिक सम्पदाहरूको अध्ययन अनुसन्धान गर्ने विषयमा गम्भीर छलफल भएको छ । गुल्मीको यस सांस्कृतिक भ्रमणको क्रममा मीठो आतिथ्यता प्रदान गर्नुहुने र सांस्कृतिक अध्ययन अनुसन्धानमा सहकार्य गर्न तत्पर रहनु भएका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी तथा उपमेयर अमृतादेवी कुँवर र रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली तथा पूर्व मुख्य सचिव लिलामणि पौडेल प्रति विभाग हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछ। सम्बन्ध सेतुका रूपमा रहेर दुई निकायहरूलाई जोड्ने कार्यमा सक्रिय रहनुभएका यस विभागका विद्यावारिधि शोधार्थी बैकुण्ठ महत र गणेश श्रीपाली धन्यवादका पात्र हुनुहुन्छ। यस भ्रमणको क्रममा गुल्मी तम्घास स्थित किरण पुस्तकालयको अवलोकन गर्ने अवसर जुट्यो। यस भव्य र व्यवस्थित पुस्तकालय अवलोकन गराउनुहुने र यसका महत्वपूर्ण प्रकाशनहरू उपहार स्वरूप प्रदान गर्नुहुने पुस्तकालयका संस्थापक आदरणीय श्री शशी पन्थी प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।



