Kirtipur, Kathmandu, Nepal
बन्दीपुर गाउँपालिकासँग को सहकार्यमा बन्दीपुरको संस्कृति पुरातात्विक सम्पदा र पर्यटन विषयक एक दिवसीय गोष्ठी
त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले तनहुँको बन्दीपुर गाउँपालिकासँग को सहकार्यमा बन्दीपुरको संस्कृति पुरातात्विक सम्पदा र पर्यटन विषयक एक दिवसीय गोष्ठी बन्दीपुरको होटल रेड हाउसमा यही २०८१ फाल्गुण १० गते भव्यतापूर्वक सम्पन्न गरेको छ। गोष्ठीमा सहभागी हुनुहुने त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डीन ज्यू ,गुरु वर्ग,अग्रज प्राध्यापक , सहकर्मी मित्र, बन्दीपुर गाउँपालिका परिवार , विभागको विभिन्न तहमा अध्ययनरत शोधार्थी एवं विद्यार्थी मित्रहरूप्रति विभाग हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछ। बन्दीपुर बासीहरूको र होटल व्यवसायीहरूको मिठो आतिथ्यता प्रति पनि विभाग कृतज्ञ छ।













