Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

भानु नगरपालिकाको सहकार्यमा भानुभक्तको जन्मस्थल चुदी रम्घा क्षेत्रमा सांस्कृतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भानु नगरपालिकाको सहकार्यमा भानुभक्तको जन्मस्थल चुदी रम्घा क्षेत्रमा सांस्कृतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

2025-02-23 / 2025-02-23T23:59:00
चुदी रम्घा क्षेत्र
Cdnhca Admin

भानु नगरपालिकाको सहकार्यमा भानुभक्तको जन्मस्थल चुदी रम्घा क्षेत्रमा  सांस्कृतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

२०८१ साल फाल्गुण ११ गते यस नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र तनहुको भानु नगरपालिकाको सहकार्यमा भानुभक्तको जन्मस्थल चुदी रम्घा क्षेत्रमा एक सांस्कृतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। नेपालको भाषिक एवं साहित्यिक संस्कृति निर्माणमा भानुभक्तको योगदान विषयमा केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भानु जन्मस्थलमा पुग्दा भानु नगरपालिका नगर पिता एवं जन प्रतिनिधिहरू , भानु जन्मस्थल विकास समितिका पदाधिकारीहरु, भानुभक्तका सन्ततिहरू र स्थानीय बासिन्दाहरूले विभागको टोलीलाई हार्दिक स्वागत तथा आत्मीय प्रेम प्रदर्शन गर्नुभयो न्यानो ‌ आतिथ्यता प्रदान गर्नुभयो। कार्यक्रम ज्यादै सफल र फलदायी बन्न पुग्यो । यसका लागि भानु नगरपालिका परिवार र संस्कृति केन्द्रीय विभागका समग्र परिवारजनमा विभाग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।