Kirtipur, Kathmandu, Nepal
अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
सन् २०२५ अप्रिल २० र २१ तदअनुसार विक्रम सम्वत २०८२ वैशाख ७ र ८ गते यस नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागको सहकार्यमा नेपाल, भारत तथा मोरिसस देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधि मण्डल सहभागी भएको एक भव्य अन्तर्राष्ट्रिय सम्मेलन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको सभा कक्षमा सम्पन्न भयो। भूमण्डलीकरण र वैश्विक संस्कृति विषयमा केन्द्रित यस अन्तर्राष्ट्रिय सम्मेलनमा बसाईसराई आप्रवासन र यसका कारणले मौलिक संस्कृति संरक्षणमा आएको चुनौती विषयमा कार्यपत्रहरू प्रस्तुत गरिए र ती कार्यपत्रमाथि गहन छलफल गरियो। सांस्कृतिक अध्ययन अनुसन्धानका अनुभवहरू आदानप्रदान गरियो। यस अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सम्बन्धित सबै संघसंस्था, कार्यपत्र प्रस्तोता टिप्पणीकर्ता र सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यवाद ।






